चितवन : चितवनको भरतपुर अस्पतालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको उपचारका लागि एक सय शय्या थप गरिएको छ ।
निमित्त मेसु डा. जगन्नाथ तिवारीले अस्पतालमा रहेको सर्जिकल वार्डलाई सारेर आइसोलेसन कक्ष थप गरिएको जानकारी दिए । ‘‘अहिले ७५ बेडको आइसोलेसन कक्ष छ,’’ उनले भने, ‘‘तर बिरामी ८१ जना छन् ।’’आइतबारदेखि सञ्चालनमा ल्याउने गरी स्वास्थ्य सुरक्षा सामग्री, बेड तथा जनशक्ति व्यवस्थापन गरिरहेको डा. तिवारीले बताए ।
नयाँ शय्या थपिएसँगै कोरोना संक्रमितका लागि अस्पतालमा कुल १७५ शय्या पुगेका छन् । हाल ८१ जना सक्रिय संक्रमित मध्ये १० जना आईसीयूमा, एकजना भेन्टिलेटरमा र बाँकी अन्यको आइसोलेसनमा कक्षमा उपचार भइरहेको डा. तिवारीले जानकारी दिए ।

