काठमान्डू : पछिल्लो २४ घण्टामा १ हजार २ सय २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको छ ।
नया संक्रमितहरु प्रदेश नम्बर १ अन्तर्गत उदयपुरमा २ जना, ओखलढुंगामा ७ जना, झापामा १२ जना, तेह्रथुममा २ जना, धनकुटामा ३ जना, मोरंगमा ४६ जना, संखुवासभामा ६ जना, र सुनसरीमा २७ जना रहेका छन् त्यस्तै प्रदेश २ अन्तर्गत धनुषामा ६४, पर्सामा ६५, बारामा ७१, महोत्तरीमा २० ,रौतहटमा २९, सप्तरीमा १ त्यस्तै सप्तरीमा १०९ जना रहेका छन् , बागमती प्रदेश अन्तर्गत काठमान्डूमा ३५७, काभ्रेपलाञ्चोकमा ७ , चितवनमा ५६ , दोलखामा ५, धादिङ्गमा ३, नुवाकोटमा ४, भक्तपुरमा ४२, मकवानपुरमा २२, रामेछापमा १, ललितपुरमा ४६ र सिन्धुपाल्चोकमा ३ जना त्यस्तै गण्डकी प्रदेश अन्तर्गत कास्कीमा ३१ , गोरखामा ५, तनहुमा ३, नवलपरासी पुर्वमा ६, लम्जुङ्गमा ९ र बाग्लुङ्गमा १ जना त्यस्तै प्रदेश ५ मा कपिलबस्तुमा ११, गुल्मीमा १०,दाङ्गमा ४, नवलपरासीमा ९,पाल्पामा २, प्युठानमा २, बर्दियामा ५, बाँकेमा ८ र रुपन्देहीमा ५२ जना रहेका छन् । कर्णाली प्रदेशमा कालिकोटमा २, जाजरकोटमा १, दैलेखमा ६, सल्यानमा २ र सुर्खेतमा ७ जना रहेका छन् । सुदुर पश्चिम प्रदेश अन्तर्गत अछाममा ६ , कंचनपुरमा ३, कैलालीमा १५, डोटीमा ४ , दार्चुलामा २, बझाङ्गमा १० र बैतडीमा २ जना रहेका छन् । संक्रमण हुनेमा ३९४ जना महिला र ८३४ पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा यो भाइरसको कारण ६ जनाको ज्यान गएको छ , नेपालमा ज्यान गुमाउनेको संख्या २५७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ९१७ जना डिस्चार्ज भएका छन् यो संगै डिस्चार्ज हुनेको संख्या २४ हजार २ सय ७ पुगेको छ ।

