काठमाण्डु : पछिल्लो २४ घण्टामा १ हजार १ सय २० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३२० महिला र ८०० पुरुषमा कोरोना पुष्टि भएको हो ।
कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा १२ जनाको ज्यान गएको छ । यो संगै ज्यान गुमाउनेको संख्या २५१ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार १ सय १२ जना डिस्चार्ज भएका छ । यो संगै डिस्चार्ज हुनेको संख्या २३ हजार २ सय ९० पुगेको छ ।

