चितवन : चितवनको राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता संरक्षण केन्द्र सौराहाको प्रमुख युवा संरक्षणविद् डा. बाबुराम लामिछानेले जिम्मेवारी बहन गर्नुभएको छ । प्रमुख बनेका डा. लामिछाने संरक्षणका विभिन्न विषयमा विद्यावारिधि गरेका अनुभवी संरक्षणविद् पनि हुन् ।

विगत लामो समयदेखि संरक्षणमा अलग पहिचान बनाएको युवा संरक्षणविद् डा.लामिछानेले आज मात्रै पदभार ग्रहण गरेका छन् । प्रमुखको जिम्मेवारी समालेसगैँ लामिछानेले संरक्षणमा मानव र वन्यजन्तु न्यूनिकरणको काम पहिलो प्रथामिकता भएको बताए । साथै आफ्नो नेतृत्वमा चितवनको संरक्षण नयाँ उचाईमा पुराउने प्रतिवद्धता समेत जनाएको छन् ।

केन्द्रका यसअघिका प्रमखु रामकुमार अर्यालले अनिर्वाय अवकाश पाएसगैँ लामिछानेले केन्द्रको नेतृत्व गरेका हुन् । लामिछाने आएसगैँ चितवनको वन वन्यजन्तु तथा जौविक विविधता संरक्षणमा नयाँ आयम थपिने संरक्षणकर्मीहरुको विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार