काठमाडौं : पछिल्लो २४ घण्टामा १०६९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ८८ जनामा परिक्षण गरिएको थियो । नया संक्रमित थपिए संगै नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ ।

थपिएका संक्रमित मध्ये उपत्यकामा ४८१ जना छन् । जसमा काठमाडौं जिल्लामा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भई ७६८ जना डिस्चार्ज भएका छन् । मंगलबारसम्म २२ हजार १७८ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११२ रहेको छ । यो संरमणका कारण ज्यान गुमाउनेको संख्या २३९ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार