चितवन : चितवन मेडिकल कलेजमा थप एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरुषको आज (मंगलबार) विहान २ः५२ बजेको समयमा मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए । ती पुरुषलाई कडा खालको निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि सघन कक्ष (आइसीयू) मा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
ती पुरुषमा हिजो (सोमबार) मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई उपचारका लागि भदौं १४ गते चितवन मेडिकल कलेजमा ल्याइएको थियो । योसंगै चितवनमा मृत्यु हुने मकवानपुरका मात्रै चार जना पुगेका छन् ।

