चितवन : जिल्लामा एकैदिन ६८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाले हिजो आईतबार राती सार्वजनिक गरेको नतिजा अनुसार ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
भरतपुर कोभिड–१९ प्रयोगशालाद्धारा गरिएको परिक्षणमा २१ जनामा संक्रमण पुष्टि भएको छ। राति १० बजे सार्वजनिक परिक्षण रिर्पोटमा चितवनका १८ जना , गोरखा, रुपन्देही र पूर्वी नवलपरासीका एक÷एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा।नितु अधिकारीले जानकारी दिनुभएको छ।
यस्तै, पूर्वीचितवनको राप्ती नगरपालिकाका ६ जनामा पनि संक्रमण पुष्टि भएको छ । ती मध्ये १० महिने शिशुसहित ४ महिला र २ जना पुरुष छन् । उनीहरुको राप्ती क्वारेन्टिनबाट स्वाब संकलन गरिएको हो।यसैगरि गोरखाका ४० वर्षीय पुरुष, रुपन्देहीका ६५ वर्षीया महिला र पूर्वी नवलपरासीका २४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । उनीहरुको भरतपुर अस्पताल, क्यान्सर अस्पताल र पुरानो मेडिकल कलेजबाट स्वाब संकलन गरिएको हो ।
यस्तै, चितवनबाट धुलिखेल अस्पताल पठाईएका ४६७ नमुनामध्ये ६१ जनामा कोरोना पोजेटिभ देखिएको छ। यी मध्ये २६ वटा अघिल्लो दिन र ३५ वटामा आईतबार पोजेटिभ पुष्टि भएको हो ।यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु अस्पतालमा गरिएको २०१ वटाको नमुना परिक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको आईतबार कोभिड ईन्फो चितवनले जानकारी दिएको छ ।आइतबार बिहान ५ बजे सार्वजनिक गरिएको नतिजा अघिल्लो दिनको भएकोले आइतबारको तथ्याङ्कमा नजोडिएको भरतपुर अस्पतालका सूचना अधिकारी लीला पौडेलले बताए ।

