१४ भदौ, काठमाडौं : पछिल्लो २४ घण्टामा १२२१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ७१७ नमुना परीक्षण गर्दा ३४८ महिला र ८७३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ । यो संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४ जनाले ज्यान गुमाएका छन् । नेपालमा ज्यान जानेको संख्या २२१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उपत्यकामा मात्र ४२९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा हाल सम्म २० हजार ८ सय २२ जना यो संक्रमण बाट निको भएका छन् ।

त्यस्तै केन्द्रीय कारागार, सुन्धाराका ३५ जना कैदीबन्दीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै केन्द्रीय कारागारमा कोरोना संक्रमित कैदीबन्दीको संख्या ५० पुगेको कारागार प्रशासन स्रोतले जनाएको छ ।

यसैबीच चितवनमा आज (आइतबार) कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भरतपुर–१० स्थित चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका–११ का ५२ वर्षीय पुरुषको आज दिउँसो १२ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए । योसंगै चितवनका मात्रै मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार