चितवन : बिगत दुई साता देखि चितवनमा जारी निषेधाज्ञा थप १ साता लम्बाउने तयारी जिल्ला प्रशासन कार्यालय चितवनले गरेको छ । आज दिउसो बस्ने बैठकले यस सम्बन्धमा निर्णय गर्ने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिएका छन् । बिगत २ साता देखि निषेधाज्ञा लगाईए पनि चितवनमा कोरोना संक्रमितको संख्यामा भारी वृद्धि भएको छ । रेड जोनमा समेत परेको चितवनमा दिनहु संक्रमित बढ्ने क्रम जारी भए पछि यहाको जनजीवन प्रभावित बनेको छ ।
यस पटक निषेधाज्ञा थप गर्ने तयारी गरीए पनि केही क्षेत्रलाई खुकुलो बनाईने बुझिएको छ । अत्यावश्यक सामग्री उत्पादनका व्यवसायीहरुलाई निषेधाज्ञाले समस्या पारेको भन्दै बैंक तथा वित्तिय संस्थालाई केही खुकुलो बनाउने तयारी गरेको छ । दैनिक केही घण्टा मात्रै भए पनि बैंक संचालन गर्ने तयारी प्रशासनको छ । बैंक तथा वित्तिय संस्था, मनी ट्रान्सफरसहित केही खुकुलो बनाउने तयारी भए पनि बैठकको निर्णय अनुसार लागू गर्ने प्रमुख जिल्ला अधिकारी बताउछन ।
चितवनमा भरतपुरमहानगरपालिकामा श्रावन ३० गते देखि, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ति नगरपालिका र कालिका नगरपालिका मा श्रावण ३२ गतेदेखि त्यस्तै माडी नगरपालिकामा पछिल्लो केहि दिन यता निषेधाज्ञा जारी गरिएको थियो ।

