चितवन : रत्ननगर-४, देवौलीस्थित एक खाद्य उद्योगमा कार्यरत १० जना मजदुरमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा बुधबार रातिसम्म गरिएको परीक्षणका क्रममा रत्ननगर नगरपालिकाका १४ जनामध्ये १० जना सो उद्योगका रहेका छन् । जसमा केही स्थानीय र केही जिल्ला बाहिरका छन् ।

गत साउन ३१ गते सो उद्योगमा काम गर्ने दुई जना मजदुरमा कोरोना संक्रमण भएपछि सम्पर्कमा रहेका अन्यको पनि स्वाब संकलन गरी उदोग सिल गरिएको थियो ।

रत्ननगर नगरपालिकामा यससँगै संक्रमितको कुल संख्या ३८ पुगेको छ । जसमा चार जना डिस्चार्ज भएका छन् भने एक वृद्धको ज्यान गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार