काठमाडौं : पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २ सय ५३ जनाको परीक्षण गर्दा ८८५ जनामा संक्रमण देखिएको हो । बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भएर ३८५ जना घर फर्किएका छन् । हालसम्म १९ हजार ५ सय ४ जना घर फर्किएका छन् । बर्तमान समयमा होम आइसोलेसनमा ६ हजार २८ जना र संस्थागत आइसोलेसनमा ८ हजार ७ सय ११ जना रहेका छन् ।

यो संक्रमणका कारण थप १० जनाको ज्यान गएको छ । यो संगै ज्यान जानेको संख्या १७५ पुगेको छ ।
विश्व भरमा ज्यान गुमाउनेको संख्या ८ लाख २४ हजार १ सय ६२ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार