काठमान्डू : पछिल्लो २४ घण्टामा ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सम्ममा कुल ३२ हजार ६ सय ७८ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १० हजार २ सय ३४ जनाको कोरोना परिक्षण गरिएको छ । नेपालमा यो संक्रमणका कारण १५७ जनाले ज्यान गुमाएका छन् । विश्वभरमा भने यो संक्रमणका कारण ८ लाख १२ हजार ९ सय ८७ जनाको ज्यान गैसकेको छ । नेपालमा हाल सम्म १८ हजार ८ सय ६ जना यो संक्रमण बाट निको भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार