चितवन : चितवनमा आज (सोमबार) थप २० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर–१० स्थित चितवन मेडिकल कलेजको कोभिड ल्याबमा आइतबार गरिएको परीक्षणमा चितवनका १४ जनासहित २० जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुरका छन् । उनीहरु मध्ये भरतपुर–१ का ७४ वर्षीया महिला र २३ वर्षीया पुरुष, भरतपुर–२ का ३१ वर्षीय पुरुष, भरतपुर–३ का ३१ वर्षीय पुरुष, भरतपुर–५ का २२ र ३३ वर्षीया दुई महिला, भरतपुर–९ का ४३ वर्षीया पुरुष, भरतपुर–१० की २३ वर्षीया महिला, भरतपुर–११ का ३५ र ५२ वर्षीय दुई पुरुष, भरतपुर–१५ का २० वर्षीय पुरुष, भरतपुर–१६ का २० वर्षीया महिला, भरतपुर–२८ का ६२ वर्षीय पुरुष र खैरहनी–१२ की ३० वर्षीया महिला रहेका छन् ।
यसैगरी मकवानपुरको हेटौंडा–४ की ४९ वर्षीया महिला, नवलपरासी पूर्व गैंडाकोट–२ का ३८ वर्षीया महिला, ४२ वर्षीष पुरुष र कावासोती–१४ का २२ वर्षीया महिला गरी तीन जना, बारा कलैया–४ का ६५ वर्षीय पुरुष र गोरखा–१ का ६० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा कुल १२० वटा नमुनाको परीक्षण गरिएको थियो ।
चितवनमा सबैभन्दा धेरै संक्रमित भरतपुर महानगरपालिकामा २२४ जना रहेका छन् । यस्तै कालिका नगरपालिकामा ५, रत्ननगर नगरपालिकामा १२, माडी नगरपालिकामा ४१, खैरहनी नगरपालिकामा १४, राप्ती नगरपालिकामा ७० र इच्छाकामना गाउँपालिकामा २ जना संक्रमित छन् । कुल संक्रमितहरु मध्ये २४४ जना अहिले सक्रिय संक्रमित हुन् ।
चितवनका ६ वटा स्थानीय तहमा सक्रिय संक्रमित छन् भने माडी नगरपालिकामा हालसम्म सक्रिय संक्रमित फेला परेका छैनन् । चितवनमा कोरोना संक्रमणबाट हालसम्म तीन जनाको मृत्यु भएको छ । जसमध्ये एक जना भरतपुर महानगरपालिका–११ का पुरुष, खैरहनी–३ की १०८ वर्षीया महिला र रत्ननगर–१३ का ६५ वर्षीय पुरुष हुन् ।

