चितवन : विश्वव्यापीरूपमा फैलिइरहेको कोरोना भाइरसको महामारी नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर काम गर्ने सबैको सम्मानमा ताली बजाउन आह्वान गरिएको छ । सम्पूर्ण नागरिकको स्वास्थ्यको ख्याल गर्दै अग्रभागमा रहि जोखिम मोलेर काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी तथा सरसफाईकर्मीहरूलाई हौसला प्रदान गर्दै उनीहरूको पेशाप्रति सम्मान जनाउन चितवनका युवाहरूले जिल्लाबासीलाई आह्वान गरेका हुन् ।

‘हिजो आफ्नो घरमा मानिस राख्दा डाक्टर, नर्स, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी बस्छन् भनेर गर्व गर्ने घरबेटीले आज उनीहरुकै मनोबल घटाउन लागिपरेको अवस्था आएकोले उनीहरूको मनोबल उच्च पार्दै सम्मान र हौसलाका लागि आइतबार बेलुकी ७ बजे आआफ्नो घरको बार्दली वा आँगनबाट उनीहरूको सम्मानमा ताली बजाउन सबैसँग अनुरोध गर्दछौं’ आह्वानमा भनिएको छ । उनीहरूको सम्मानमा बजाइएको तालीले आफूप्रतिको सम्मान भएको ठान्दै गौरवको महसुस हुने आयोजकले विश्वास लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार