चितवन : चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालको कोभिड आइसियूमा उपचारत रत्ननगर नगरपालिका वडा नं १३, प्रगति टोल निवासी ६५ वर्षका पुरुषको आज दिउँसो २ बजेर ५७ मिनेट जादा मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।

विगत ६ दिन देखि उनको उपचार भैरहेको थियो । अस्पतालका अनुसार ती पुरुष फोक्सोको टिबी रोगी थिए । चितवनमा करिब ३०० जना संक्रमित पहिचान भएको छ । चितवनमा अहिलेसम्म कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ । तीमध्ये ३ जना चितवनका हुन् भने एक जना कैलालीका हुन् । मृत्यु हुनेमा भतरपुर महानगरपालिका, रत्ननगर नगरपालिका र खैरहनी नगरपालिकाका १/ १ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार