चितवन : जिल्लामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालमा बुधबार राति गरिएको परीक्षणमा एक जना मात्रै कोरोना संक्रमण फेला परेका हुन् ।
प्रयोगशालाकी प्रमुख डा।नितु अधिकारीका अनुसार भरतपुर महानगरपालिका–७ का ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । ती पुरुष होम क्वारेन्टिनमा बसेका थिए । बुधबार राति कुल ५५६ नमुना परीक्षण गरिएको छ ।
योसंगै चितवनमा कुल संक्रमितको संख्या २८१ पुगेको छ ।

