काठमाडाैं : पछिल्लो २४ घण्टामा ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौंमा १ सय ३४, भक्तपुरमा ८ र ललितपुर १७ गरी उपत्यकामा १ सय ५९ मा कोरोना पुष्टी भएको छ। देशमा कोरोना संक्रमणको कुल संख्या २८ हजार ९ सय ३८ पुगेको छ भने ११ हजार १ सय १८ सक्रिय संक्रमितको संख्या रहेको छ।

त्यस्तै विगत २४ घण्टामा १ सय २० जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। यो सहित हालसम्म निको हुनेको संख्या १७ हजार ७ सय पुगेको छ। मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले २४ घण्टामा ११ हजार ५ सय १२ जनाको पिसिआर परीक्षण गरिएको उल्लेख गरे।

यो संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ६ जनाको ज्यान गएको छ , यो संगै ज्यान जानेको संख्या १२० पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार