चितवन : जिल्लामा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा चितवनको भरतपुर महानगरपालिकाका १२ जना, राप्ती नगरपालिकाका २ जना, खैरहनीका ५ जना र रत्ननगरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिइन् ।

यस्तै नवलपुरका ५, महोत्तरी, बाँके, तनहुँ, मकवानपुर र बाराका एकरएक जनामा कोरोना संक्रमण पुष्टि भएको डा.अधिकारीले जानकारी दिइन् । मंगलबार राति १२ बजेसम्म कुल ५०० नमुनाको परीक्षण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार