चितवन : भरतपुर अस्पतालमा कार्यरत रत्ननगर ६ बछौलीकी एक जना नर्समा कोरोना संक्रमण पुष्टि भएभएको छ । उनको आइतवार कोरोना संक्रमण पुष्टि भएको हो । २७ बर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएपछि उच्च सर्तकता अपनाउदै बछौली र दोरङ्गीका तीन वटा घर सिल गरिएको वडाध्यक्ष वडाध्यक्ष बलराम दाहालले जानकारी दिए ।
बछौलीको थारु बस्तीमा रहेको ति महिलाको घर,सोही वडाको दोरङगीमा रहेको महिलाको माइतीघर र मामा घर समेत सित गरिएको वडाध्यक्ष दाहालले बताए । संक्रमित महिलाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

