काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ६४१ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ सय ४७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा यी संक्रमित भेटिएका हुन् । यो सँगै कुल संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ ।

हाल देशभर ९ हजार २ सय ४१ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । यो संक्रमणका कारण नेपालमा १०४ जनाले ज्यान गुमाएका छन् भने १७ हजार ३ सय ३५ जना निको भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार