चितवन : पूर्वी चितवनमा पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएपछि निषेधाज्ञा लागु हुने भएको छ । पूर्वी चितवनका चार वटै नगरपालिका रत्ननगर, कालिका, खैरहनी र राप्तीका प्रमुखहरुको आइबार बसेको बैठकले चार नगरपालिका क्षेत्रमा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले दिनुभयो ।

उहाँले निषेधाज्ञा लागू गर्नका लागि नगरपालिकाले निर्णय गरेर प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई जानकारी गराएको बताउनुभयो । कोरोनाको जोखिम बढ्दै गएपछि नगर प्रमुख वनले आज राति १२ बजेदेखि लागू हुने गरी भदौं ७ गतेसम्मका लागि निषेधाज्ञा लागू गर्ने निर्णय भएको जानकारी दिनुभयो । चितवनका प्रमुख जिल्ला अधिकारी भट्टराईले आज राति देखिनै लागू हुने गरि पूर्वी चितवनमा निषेधाज्ञा घोषणा गरिएको बताउनुभयो ।

पूर्वी चितवनमा पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएपछि निषेधाज्ञा लागु हुने भएको हो । पूर्वी चितवनका चार वटै नगरपालिका रत्ननगर, कालिका, खैरहनी र राप्तीका प्रमुखहरुको आइबार बसेको बैठकले चार नगरपालिका क्षेत्रमा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन बताउनुहुन्छ ।

उहाँले निषेधाज्ञा लागू गर्नका लागि नगरपालिकाले निर्णय गरेर प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई जानकारी गराएको जानकारी दिनुभयो । चितवनका प्रमुख जिल्ला अधिकारी भट्टराईले आज राति देखिनै लागू हुने गरि पूर्वी चितवनमा निषेधाज्ञा घोषणा गरिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार