रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–९ अन्तर्गत पर्ने टिकौली क्षेत्र सिल गरिएको छ । टिकौलीका ६१ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि रोग फैलिन नदिन सो क्षेत्र सिल गरिएको हो ।
टिकौली चौकी टोलको सिंचाई गेट देखि पश्चिक देबकी पेट्रोल पम्प जंगल सम्म, खगरी नहर देखि उत्तर तर्फ राजमार्ग सम्मको क्षेत्रलाई संवेदनशील क्षेत्र मानीएको छ ।
वडा कार्यालयमा सर्बदलिय बैठक पछि जारी गरिएको सुचनामा सो क्षेत्रका बासिन्दाहरु कोही कतै हिडडुल नगर्न, घरबाहिर नजान आग्रह गरिएको छ ।
कोरोना संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनगर गरी वडा नं ९ को वडा कार्यालयको दैनिक प्रशासनिक काम समेत बन्द गरिएको छ । शुक्रवार जयमंगलाका एक जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएपछि साविक १३ नम्बर वडा सिल गरिएको थियो ।

