काठमाडौं : पछिल्लो २४ घण्टामा थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ । हाल सम्म ४ लाख ९४ हजार ६ सय १३ जनामा कोरोना परिक्षण गरिएको छ । यो संक्रमणका कारण ज्यान जानेको संख्या ९९ पुगेको छ भने यो संक्रमण देखिएर निको हुनेको संख्या १७ हजार ७७ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार काठमाडौं जिल्लामा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।आज देखिएको ५९४ संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्र ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो समयमा कोरोना संक्रमणको क्रम ज्यादा हुदै गएको प्रति पुन: लकडाउन गर्नुपर्ने सुझाव बिज्ञहरुले दिन थालेका छन् ।

