रत्ननगर : रत्ननगर नगरपालिका वार्ड नम्बर १३ बस्ने एक पुरुषमा कोरोना भाइरस पुष्टि भए संगै अर्को सुचना नआउन्जेल सम्मका लागी सिल गर्ने निर्णय भएको छ । रत्ननगर नगरपालिकाले आज एक सुचना जारी गर्दै वडा सिल भएको जानकारी दिएको छ ।
सुचनामा लेखिएको छ “यस रत्ननगर नगरपालिका वडा नम्बर १३ को प्रगति टोलमा बस्ने एक पुरुषमा हाल विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको लक्षण देखिएकाले सो रोग अन्य व्यक्तिहरुमा फैलिन नदिन मिति २०७७ श्रावण ३० मा बसेको सर्वदलिय सहितको
संयुक्त वडा वैठकले वडा नम्बर १३ को साविक वडा नम्बर १३ तर्फको सम्पूर्ण भू भाग अर्को सुचना नभए सम्मको लागी सिल गर्ने निर्णय भएकोले अत्यावश्यक काम बाहेक कोहि पनि घर बाट बाहिर ननिस्कि सहयोग गरिदिनु हुन वडा बासीहरुमा जानकारीका लागी अनुरोध गरिन्छ ।”
प्रत्येक दिन बिहान ६ बजे देखि ९ बजे सम्म किराना, फलफुल तथा तरकारी पसल खोलिने र अनिश्चित अवधिको लागी वडा कार्यालय समेत बन्द हुने जानकारी रत्ननगर १३ का वडाध्यक्ष चित्र बहादुर भण्डारीले जारि गरेको सुचनामा उल्लेख छ ।

