रत्ननगर २८ साउन । रत्ननगर नगरपालिका वडा नं १४ कन्यादेबी टोलमा बुधवार नगर स्वास्थ्य केन्द्र तथा वाल उद्यान उद्घाटन गरिएको छ । प्रदेश सरकार र नगरपालिकाको लागनीमा निर्माण गरिएको नगर स्वास्थ्य केन्द्र र वालउद्यानको प्रदेश सभा सांसद कृष्णप्रसाद खनालले उद्घाटन गरेका थिए ।

सो अबसरमा उनले सरकारी स्वास्थ्य सेवा प्रति जनविश्वास बढ्ने गरी सेवा प्रदान गर्न नगर स्वास्थ्य केन्द्रलाई आग्रह गरे । प्रत्येक वडामा एउटा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य केन्द्र निर्माण गर्ने सरकारको योजना अनुसार नै पिठुवामा स्वास्थ्य केन्द्र सञ्चालन गरिएको भन्दै उनले नागरिकको विश्वास जित्ने गरि सेवा प्रदान गर्न आग्रह गरेका हुन । कार्यक्रममा मेयर नारायण वन र उपमेयर विमला दुवाडीले प्रत्येक वडामा एउटा स्वास्थ्य केन्द्र र एउटा बाल उद्यान बनाउने नगरको योजना अनुरुप पिठुवामा वाल उद्यानकै परिसरमा नगर स्वास्थ्य केन्द्र निर्माण गरिएको बताए ।

कार्यक्रममा वडाध्यक्ष तथा नगर स्वास्थ्य केन्द्र सञ्चालक समितिका अध्यक्ष हरिकुमार श्रेष्ठले डुम्रिचोकमा सामुदायिक भवनमा सञ्चालित नगर स्वास्थ्य केन्द्रलाई आफ्नै भवन निर्माण गरी व्यवस्थित गरिएको बताए । स्वास्थ्य केन्द्रबाट सामान्य विभिन्नको उपचारसंगै नेपाल सरकारले प्रदान गर्ने ५६ प्रकारका औषधि निशुल्क वितरण गरिने छ । सो नगर स्वास्थ्य केन्द्रबाट दैनिक ३० जनाले सेवा लिदै आएका वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

२ कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको वाल उद्यानमा वालवालिकाको लागि चिप्लेटी,पिङ,चाकाचुली,फाउण्टेन राखिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । कार्यक्रममा पूर्व गाविस अध्यक्ष चन्द्रकान्त न्यौपाने,नेकपाका वडा कमिटी अध्यक्ष वासुदेव लामिछाने,नेपाली काँग्रेसका वडा समिति सभापति कमलनाथ अधिकारी,नगर स्वास्थ्य केन्द्र सञ्चालक समितिकी उपाध्यक्ष तथा वडा स्तरीय मेलमिलाप केन्द्रकी संयोजक विष्णु कट्टेल भण्डारी,वडा सचिव बासुदेव रिजाल लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार