रत्ननगर : वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

आजको दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन भएपनि सरकारले मठ मन्दिरमा भिडभाड नगर्न, नगराउनुहुन जारि गरे संगै रत्ननगरमा भएका कृष्ण मन्दिरहरुमा आज ताला लागेको छ । रत्ननगरको टिकौली स्थित श्रीकृष्ण प्रणामी मन्दिरको गेटमा पनि आज ताला लगाईएको छ । प्रशासनले जारि गरेको सुचना संगै मन्दिरमा आश्रित बृद्ध बृद्धाहरुलाई समेत असर पर्न सक्ने भएको कारण मन्दिर खोल्न नसकिएको श्रीकृष्ण प्रणामी मन्दिरका कार्यवाहक सचिव जगदीशचन्द्र बरालले जानकारी दिनुभयो । मन्दिर नखोल्ने भनिएपनि बिहानै देखि भक्तजनको चाप बढेकोले भक्तजनको चाप र मागलाई मध्यनजर गर्दै गेट बाहिर कृष्णजिको मुर्ति राखी पुजा गर्ने वातावरण तयार गरिएको श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीका पुजारी श्रीकान्त बराल बताउनुहुन्छ ।

चाहदा चाहदै पनि भक्तजनलाई मन्दिर प्रवेस गराउन नपाएकोमा दु:ख ब्यक्त गर्दै अघिल्ला बर्षहरुमा जस्तै भजन कृतन, रासनृत्य लगाएत दिवाकालिन र रात्रीकालिन अरु सबै कार्यक्रम बन्द गरिएको भए पनि गुरुजी र पुजारी ज्युको मात्र उपस्थितिमा श्रीकृष्ण प्रकाट्य उत्सव मनाईने मन्दिरका कोषाध्यक्ष भीमनिधि दाहालले जानकारी दिनुभयो ।

त्यस्तै रत्ननगरमा रहेको श्रीकृष्ण प्रणामी मन्दिर जिरौना धर्मधाममा पनि ताला लगाईएको छ । गेटमा ताला लगाएपनि गेटमा राखिएको तस्विरमा भक्तजनहरुले पुजा गरिरहेको श्रीकृष्ण प्रणामी सेवा समिति धर्मधामका अध्यक्ष श्याम बरालले बताउनु भयो ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो । कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ ।
छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार