काठमाडौं : पछिल्लो २४ घण्टामा थप ३३८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ४३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।यससँगै कुल संक्रमितको २३ हजार ३१० संख्या पुगेको छ ।
नेपालमा यो संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ७९ पुगेको छ भने , १६ हजार ४ सय ९३ जना यो संक्रमण बाट निको भएका छन् ।

