चितवन/ रत्ननगर नगरपालिका-११ मा रहेको पंचकन्या सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष धर्म अधिकारी डम्पिङ साइड निर्माणको कामले विवादमा तानिने भएका छन्। २०५६ सालमा स्थापित उक्त वन समुहका अध्यक्ष अधिकारीले २०७७ बैशाख ३० गते बाट रनपा र वन समुहको सम्झौतामा ३१ लाखको ल्यान्डफिल्ड साइड पूर्वाधार निर्माण कामको लागि बिना कोटेसन र टेन्डरमा काम गरेकोले अख्तियारले छानबिनको दायरामा ल्याउनु पर्ने समुहका एक सदस्यले राजधानी आस्था संग बताएका छन्।

कानुनले सो वन समुहले २० लाख सम्मको काम टेन्डर बिना नै काम गर्न पाउने अधिकार छ। तर टेन्डर बिना ल्यान्डफिल्ड साइट ३१ लाखको काम कुन कानुनले दियो त्यो वन समुहका अध्यक्ष अधिकारीलाई अर्का सदस्यको भनाइ यस्तो छ। सो वन समुहका अध्यक्ष अधिकारीसंग सम्पर्क गर्दा कोटेसन टेन्डर बिना कसरी काम भएको हो भन्दा ठूला कुरा नगर भन्दै गल्ती ढाक्ने काम गरेका थिए। झिजन बिना पार्टीको बलमा अध्यक्ष बनेका अधिकारीले कर्मचारी समेतलाई पाँच महिनासम्म तलब खुवाउन सकेका छैन भने समुहको कार्यालय वरपर स्याल कराउने झाडि बन्दा पनि घरमा सुतेर बसेका छन्। टेन्डर हाल्न जाँदा रनपाले रोकेको रनपा-१०का मिलन चौधरीको गुनासो छ। श्रोत – राजधानी आस्था

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार