रत्ननगर : रत्ननगर मेलमिलाप केन्द्रको पद हस्तान्तरण,प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । आज सम्पन्न आठौं साधारण सभा तथा चौथो अधिबेशनबाट सर्वसम्मत निर्वाचित समितिलाई पद हस्तान्तरण गरिएको हो ।

रत्ननगर न्यायिक समितिले आयोजना गरेको कार्यक्रममा निर्वतमान अध्यक्ष पार्वती न्यौपानेले निर्वाचित अध्यक्ष लक्ष्मी कुमारी चौधरीलाई पद हस्तान्तरण गरेकी थिइन । कार्यक्रममा निर्वतमान सचिव टोमराज भट्टराईले वर्तमान सचिव रिता थापा चौधरीलाई माइनुट तथा निर्वतमान कोषाध्यक्ष सपना बोहोराले वर्तमान कोषाध्यक्ष रामचन्द्र दुवाडीलाई चेक र माइनुट हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा न्यायिक समितिको संयोजक तथा उपमेयर विमला दुवाडीले निर्वतमान कार्यसमितिलाई कदरपत्र र वर्तमान कार्यसमितिलाई प्रमाणपत्र हस्तान्तरण गरेकी थिइन । कार्यक्रममा २०६० सालदेखि मेलमिलापको क्षेत्रमा क्रियाशिल निर्वतमान अध्यक्ष पार्वती न्यौपाने,संगिता खनाल,सपना बोहोरालाई सम्मान गरिएको थियो । कार्यक्रममा रत्ननगरका अनुभवी मेलमिलापकर्ता स्वर्गीय सम्मरबहादुर मल्ललाई मरणोप्रान्त सम्मान गरिएको थियो ।

कार्यक्रममा उपमेयर दुवाडीले विवाद सामधानमा मेलमिलाप केन्द्रले स्थापित गरेको विरासतलाई वर्तमान कार्यसमितिले जोगाउने गरी काम गर्नुपर्ने बताइन । कार्यक्रममा मेलमिलाप केन्द्रका सल्लाहाकारहरु कुलप्रसाद लामिछाने,रुपनराज घिमिरे,एन्जिला कुँवर,नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुवराज पोखरेल,निर्वाचन समितिका संयोजक बद्रिनारायण शर्मा,मेलमिलाप विज्ञ कविता अधिकारी,केन्द्रकी वर्तमान अध्यक्ष लक्ष्मीकुमारी चौधरी लगायतले मन्तव्य राखेका थिए । कानुनी सहजकर्ता प्रिङ्का थापाले सञ्चालन गरेको सो कार्यक्रममा न्यायिक समितिका सदस्य शालिकराम पराजुलीले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार