काठमाडौं : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट नेपालमा को थप दुई जनाको मृत्यु भएको छ। वीरगञ्जामा बिहीबार दुई जनाको ज्यान गएपछि नेपालमा मृत्यु हुनेको संख्या ५४ पुगेको छ। यद्यपी स्वास्थ्य मन्त्रालयले भने पुष्टि गरेको छैन्। हिजो वीरगञ्जको कोरोना अस्पतालमा उपचाररत ३५ वर्षीय पुरुष र अर्का ६५ वर्षीय पुरुषको मृत्यु भएपछि कोरोना पुष्टि भएको हो।

हिजोका तीनैजनाको मृत्यु कोरोनाकै कारण भएको मन्त्रालयद्वारा पुष्टि कोरोना अस्पतालमा उपचाररत वीरगंज महानगरपालिका–१६ नगवाका ३६ वर्षे युवाको उपचारको क्रममा मृत्यु भएको डा निरज सिंहले जानकारी दिए। मंगलबार अस्थाई कोभिड अस्पताल गण्डकमा भर्ना भएका उनको उपचारको क्रममा बिहीबार करिब साढे सात बजे मृत्यु भएको डा सिंहले बताए।

उनी साउन ५ गते ज्वरो आएर एक निजी किल्निकमा उपचार गराएका उनलाई पछि तराई हस्पिटलमा भर्ना गरिएको थियो। वीरगञ्‍जमा कोरोना संक्रमित ६८ वर्षीय पुरूषको मृत्यु यस्तै वीरगञ्ज–२ छपकैयाका ६५ वर्षीय पुरुषको मृत्यु पछि कोरोना संक्रमण पुष्टि भएको हो। घरमै मृत्यु भएको जानकारी आएपछि नारायणी अस्पतालको टोलीले गएर स्वाब संकलन गरेको थियो। पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार