चितवन सामाजिक कार्यमा सक्रिय चितवनका युवा अभियन्ताहरुले संचालन गरेको ६० दिने ‘ क्लीन चितवन,ग्रिन चितवन ,बेटर चितवन ‘अभियान संचालन गरेको आज ३३ औँ दिन पुगेको छ।

अभियानले आज रत्ननगर नगरपालिका १४ स्थित श्रीचोक टोलमा सरसफाइ तथा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कार्यक्रममा ,स्थानिय समाजसेवी , युवा प्रतिनिधिहरु, लगायत अभियानका अभियन्ताहरुको उल्लेखनिय सहभागिता रहेको अभियानका संयोजक सरोज ध्वज भण्डारीले बताए।

बोलेर होइन गरेर देखाउन सबै सरोकारवालालाई सन्देश प्रबाह गर्ने र आफ्नो ठाउँको बिकास आफैले गर्न सकिन्छ भन्ने उदाहरण दिन खोजेको र उक्त सोचमा प्रत्यक्ष र अप्रत्यक्ष साथ दिने सबैमा अभियानका संयोजक भण्डारीले धन्यबाद समेत दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार