१० श्रावण २०७७
चितवन : राप्ति नगरपालिका वार्ड नम्बर २ बस्ने बर्ष २४ को राजकुमार चेपाङलाई निकुञ्जमा कार्यरत सेनाले मरणासन्न हुने गरि कुटपिट गरि घर पठाएको र उनको उपचारको क्रममा निधन भएको प्रति बागमती प्रदेस सभा सदस्य एवं नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि माननीय सन्त बहादुर प्रजाले एक बिज्ञप्ति सार्बजनिक गर्दै आपत्ति प्रकट गर्नुभएको छ ।
बिज्ञप्तिमा भनिएको छ “नेपालको संबिधान २०७२ मा व्यबस्था भएको मानव स्वतन्त्रता मौलिक हक, आदिबासी, जनजातिको आत्मनिर्णयको अधिकार, जल, जंगल, जमिनमाथि आदिबासीको अधिकार हनन हुने गरि ठाडो हस्तक्षेप भएकोले यस प्रतिकुल समयमा निकुञ्ज प्रशासनले गरेको अति सिमान्तकृत चेपाङ जातिमाथि दिन दाहडै हस्तक्षेप भएको कारणले गर्दा यस घटनाको सत्य तथ्य घटना छानविन गरि दोषी उपर कडा भन्दा कडा कारवाही गरि निलम्बन गरि निज पीडितलाई क्षतिपूर्ति प्रदान गर्न संघिय सरकार र बागमती प्रदेस सरकार संग जोडदार माग गर्दछु ।”
यसै सन्दर्भमा चित्रवन अनलाईनसंग कुरा गर्नुहुदै माननीय प्रजाले भन्नुभयो – “तत्काल पीडित पक्षलाई राहत उपलब्ध गराई हत्यारालाई निलम्बन गरि दोषी उपर कडा भन्दा कडा कारबाही नगरीए चेपाङ समुदाय प्रति भएको अन्याय हामि टुलु टुलु हेरेर बस्ने छैनौं ।”


