अति आवश्यक कामको सिलसिलामा आवत जावत गर्नु पर्नेहरुको लागी मौवा खोला पुलमा साना चार पाङग्रे सवारी तथा दुई पांग्रे सवारी साधनको लागि खुला गरिएको छ । यहि साउन ५ गते अविरल बर्षासंगै आएको बाढीले मौवा खोला पुल क्षतिग्रस्त भएको थियो ।
आज विहानदेखि अस्थाईरुपमा मोटरसाइकल पास गर्न सुरु गरिएको र त्यसको केहि समय पछि कार तथा बोलेरो लगाएतका साना गाडीहरु समेत पास गरिएको वेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० का अध्यक्ष अमर गुरुङले जानकारी दिनुभयो ।
हाल नारायणघाट-मुग्लिन-मलेखु-नौबिसे-नागढुंगा लगाएतका स्थानहरु साना सवारीको लागि पूर्ण खुला भएको सडक ईन्चार्ज शिव खनालले जानकारी दिनुभएको छ ।


