काठमाडौं : आज बुधबार थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार संक्रमितको कुल संख्या १८ हजार ९४ पुगेको छ । यो संक्रमणका कारण नेपालमा थप २ को ज्यान गएको छ , यो संगै ज्यान जानेको संख्या ४२ पुगेको छ । ज्यान जानेमा महोत्तरीका ६० वर्षका पुरुष र काठमाडौंको शिक्षण अस्पतालमा उपचार गराईरहेकि चिनियाँ महिला भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा हाल सम्म ३२७,६१४ को कोरोना परिक्षण भएको छ । कुल संक्रमित मध्ये १२,६८४ जना निको भएका छन् । यो संक्रमणका कारण विश्व भरमा ६२०,२६३ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार