चितवन : नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेको छ । भरतपुर महानगरपालिका–२९ स्थित पन्ध्रकिलो नजिक बतासेडाँडामा पहिरो खसेको हो । मङ्गलबार राति ८.०० बजे सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । पहाड नै खसेपछि पन्छाउन कठिन भएको छ । यो सडकखण्डको अन्य स्थानमा पनि साना पहिरो खस्दा बाटो अवरुद्ध भएको थियो । पहिरो पन्छाउने काम अहिले भैरहेको छ ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार चारकिलोको पहिरो पन्छाएर सडक एकतर्फी बनाएको केही घण्टामै पुनः पहिरो खसेको हो । ठूलो चट्टानसहित पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । चारकिलोको पहिरो ३६ घण्टामा पन्छाएर हिजो दिउँसो ४ः३० बजे एकतर्फी खुलाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार