चितवन : माडी नगरपालिका अन्तर्गत पर्ने कुसुमखोला सुकुम्बासी चेपाङ बस्तीमा चितवन रास्ट्रिय निकुञ्जले हात्ती प्रयोग गरि स्थानीय जनताको बासस्थान घर भत्काउनुका साथै आगो लगाई स्थानीय गरिब चेपाङ बस्तीमा गरेको अमानवीय व्यावहारप्रति घोर भत्सर्ना गरिएको छ । वागमती प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि रहनु भएका माननीय सन्त बहादुर प्रजाले आज एक विज्ञप्ति निकाल्दै सो कुराको उजागर गर्नुभएको छ ।
विज्ञप्तिमा भनिएको छ नेपालको संबिधान २०७२ मा व्यवस्था भएको मानव स्वतन्त्रता , मौलिक हक, आत्मनिर्णयको अधिकार माथि नाङ्गो हस्तक्षेप भएको ठहर गर्दै यस प्रतिकुल वर्षातको मौशममा निकुञ्ज प्रशासनले गरेको ज्यादतीले अति नै दु:खित बनाएको छ , साथै उक्त घटनाको सत्यतथ्य छानबिन गरि दोषी उपर कानुन बमोजिम कारबाही र पिडितलाई आधारभूत आवस्यकताको रुपमा रहेको गास , बास, कपासको व्यवस्थापन गरि उचित क्षतिपूर्ति दिलाउन संघिय सरकार र बागमती प्रदेश सरकार संग जोडदार माग गर्दछु ।
यस सम्बन्धमा चित्रवन अनलाईन संग कुराकानी गर्नुहुदै माननीय सन्त बहादुर प्रजाले गरिब प्रतिको अन्याय सहेर नबस्ने बताउदै पिडितले न्याय नपाए सम्म आफु लडिरहने बताउनु भएको छ ।



