अण्डेफ़को सहयोगमा इच्छाकामना गाउँपालिका वार्ड नम्बर ३ स्थित डेक नेपाल अन्तर्गत अगुवा चेपाङ महिला पैरवी मंचको आयोजना रहेको कोभिड १९ सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । कोभीड-१९ को अवस्था, यसले समुदायमा पारेको असर साथै यसबाट जोगिन अपनाउनु पर्ने सचेतना सम्बन्धमा कार्यक्रम आयोजना गरिएको कार्यक्रमकि सभाध्यक्ष समेत रहनु भएकी अगुवा चेपाङ महिला पैरवी मंचकि अध्यक्ष फुलमती चेपाङले बताउनु भयो ।
इच्छाकामना गाउँपालिका ३ का वडाध्यक्ष गोबर्धन अधिकारीको प्रमुख आतिथ्यतामा रहेको कार्यक्रममा नेपाल चेपाङ संघ प्रदेश कमिटिका सचिव लक्ष्मण चेपाङ बिशेष अतिथी त्यस्तै वडा सदस्य दमन कुमारी चेपाङ, हेल्थपोस्टका इन्चार्ज राजन अधिकारी लगाएतको आतिथ्यतामा सम्पन्न भएको थियो ।

