चितवन : नारायणी नदिले जलसतहको सतर्कता तह पार गरे पछि आन्तरिक पर्यटन प्रवर्धनका लागि नारायणी नदि किनारमा राखिएको १ जोडी हात्तीको मुर्ति आजको बाढीले बगाएको छ । करिब १ घन्टाको फरकमा बाढीले २ वटै हात्तिको प्रतिमा बगाएको हो । बाढीले बगाएको १ हात्तीको मुर्ति फेला परेको छ भने अर्को हात्तीको मुर्ति फेला परेको छैन ।

नारायणी नदी देवघाट बाढी मापन केन्द्रले दिएको जानकारी अनुसार अहिले सतकर्ता तह पार गरेर ७ दशमलव ७ मिटर पानीको सतह पुगेको छ ।

नारायणी नदिको सतकर्ता तह ७ दशमलव ३ मिटर हो । आज नै खतरा तह पुग्न सक्ने भएकाले चितवन र नवलपरासीको तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन केन्द्रले आम सर्वसाधरणलाई आग्रह गरेको छ ।

८ मिटर पानीको बहाव पुगेमा नारायणी नदिलाई खतराको लेबल मान्ने गरिन्छ । खतराको लेवल पुग्नका लागि ० दशमलव २३ मिटर पानीको बहाव बढ्नुपर्ने छ ।

यस्तै नारायणगढको पुलचोकमा गरिएको मापनमा पनि सतर्ककता तह भन्दा माथि पुगेको छ । यहाँ ११ मिटरलाई सतर्कता तह भन्ने गरिन्छ । अहिले ११ मिटर नाघेर नारायणीको पुलचोकमा ११ दशमलव १२ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार