चितवन : नारायणघाट मुग्लिन सडकको चार किलो (KM-31+500) मा आज बिहान आएको पहिरोको कारण सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । पानी लगातार परिरहेको र माथिबाट समेत थप पहिरो खसिरहेकोले आज दिनैभर जस्तो सडक अवरुद्ध हुन सक्ने देखिन्छ । बिहान ५ बजेतिर दुई वटा विद्युत्का पोलसहित ठूलो पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले पहिरो खसिरहेको र ठूलो भएकाले पन्छाउन समय लाग्ने हुँदा एकतर्फी सवारी लामबद्ध गरिदिन अनुरोध गरेको छ । दुई दिनदेखि यस क्षेत्रमा लगातार वर्षा भइरहेको छ । इच्छाकामना–६ मा पर्ने चारकिलोमा त्यसअघि पनि पटकपटक पहिरो खस्दा समस्या हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार