रत्ननगर जेसिजको अर्धवार्षिक साधारण सभा आज रत्ननगरमा सम्पन्न भएको छ । रत्ननगर जेसिजका पुर्व तथा बर्तमान पधाधिकारीहरुको उपस्थिती रहेको कार्यक्रममा रत्ननगर जेसिजले वर्ष २०२० अन्तर्गत हाल सम्ममा सम्पन्न गरेका कार्यक्रमको समिक्षा तथा आगामी कार्यक्रमको योजना बारेमा छलफल भएको थियो । कार्यक्रम रत्ननगर जेसिज वर्ष २०२० का अध्यक्ष प्रदिप अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

