चितवन ०१ साउन : रत्ननगर नगरपालिकाले नगरपालिका भित्रका अपाङ्गता भएकाहरुलाई आर्थिक सहयोग गरेको छ । व्यवसाय गर्दै आएका नगर भित्रका ३२ जनालाई नजही १० हजारका दरले आर्थिक सहयोग गरिएको हो । जीविकोपार्जनका लागि सिलाइकटाई,बाख्रापालन,चटपट पसल,किराना पसल सञ्चालन गरिरहेका उनीहरुलाई बीउ पूजिको रुवमा सो सहयोग गरिएको हो ।

नगरपालिकाको अपाङ्ग लक्षित कार्यक्रम अन्तर्गत सो सहयोग गरिएको हो । त्यसैगरी प्रदेश सरकारको समुदायमा आधारित पुनस्थापना कार्यक्रम अन्तर्गत रत्ननगर ८ का राकस महतो र टाँडीकी तारा दुवाडीलाई हुविलचियर वितरण गरिएको छ । विहीवार आयोजित कार्यक्रममा मेयर नारायण वन र उपमेयर विमला दुवाडी रकम हुविलचियर हस्तान्तरण गरेका थिए । सो अबसरमा मेयर वनले अपाङ्गता भएकाहरुलाई भएकाहरुलाई हौसला प्रदान गर्न बीउ पूजिको रुपमा आर्थिक सहयोग गरेको बताए ।

उनले अपाङ्गता भएकाहरुमा निहीत सीपलाई आयआर्जनमा लगाउन नगरपालिकाले सीप विकासका कार्यक्रम गर्ने बताए । नगर स्तरीय अपाङ्गता परिचय पत्र वितरण समन्वय समितिकी संयोजक तथा उपमेयर दुवाडीले अपाङ्गता भएकाहरुको जीविकोपार्जनको लागि स्थानीय सरकारको रुपमा रहेको नगरपालिकाले सहयोग गरेको बताइन । हामीले दिएको यो बीउ पूजि हो उनले भनिन् अब अपाङ्गता भएकाहरुलाइ सीप सिकाउने योजना छ ।

महिला विकास अधिकृत दीपा घिमिरेले प्रदेश सरकारको कार्यक्रम अन्तर्गत वडा नं ७ का एक युवालाई कृत्रिक हातखुट्टा राख्न ४० हजार सहयोग,नेपाल मावि र झुवानी माविमा सञ्चालित विशेष कक्षामा अध्ययन गर्ने विद्यार्थीका लागि एक एक वटा टेलिभिजन वितरण गरिएको उनले जानकारी दिइन । सेता छडी,हुविलचियर,बैशाखी र कमोड चियर खरिद गरेर स्टोरमा रहेको उनले जानकारी दिइन । नगर स्तरीय अपाङ्गता परिचय पत्र वितरण समन्वय समितिकी संयोजक विमला दुवाडीको अध्यक्षतामा भएको कार्यक्रममा नगर स्तरीय अपाङ्ग समन्वय समितिका संयोजक इन्द्र चालिसे,जेष्ठ नागरिक कल्याण समितिका अध्यक्ष गोकुलदास श्रेष्ठ, महिला शाखाकी रञ्जना पौडेल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार