काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा देशभर ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १७ हजार १ सय ७७ पुगेको छ। त्यस्तै, बुधबार मात्र कोरोनाबाट निको भएर घर फर्कनेको संख्या ६ सय ९७ जना रहेका छन्। हालसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्कनेहरूको संख्या ११ हजार २५ जना छन् । यो संक्रमणका कारण नेपालमा ३९ जनाले मात्र ज्यान गुमाए पनि विश्वभरमा ज्यान जानेको संख्या ५ लाख ८२ हजार १२५ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार