चितवन ३१ असार : अण्डेफको आर्थिक सहयोगमा डेक नेपाल सौराहाले कालिका नगरपालिका वडा नं ११ सिद्धिमा बसोबास गर्ने चेपाङ समुदायको लागि माक्स,सेनिटाइजर र साबुन सहयोग गरेको छ । डेक नेपालद्धारा सञ्चालित चेपाङ महिला शसक्तिकरण परियोजना अन्तर्गत वडा भित्रका चेपाङ समुदाय वितरण गर्ने गरी कालिका नगरपालिका वार्ड नम्बर ११ लाई एक हजार सर्जिकल माक्स,४० लिटर सेजिटाइजर एक ८०० पिस साबुन प्रदान गरिएको डेक नेपालका कार्यक्रम निर्देशक जनक कार्कीले जानकारी दिए ।

नेपाल चेपाङ संघ चितवन र कालिका नगरपालिकाको सहकार्यमा सो सामाग्री सहयोग गरिएको हो । सिद्धिको तीन दोभानमा आयोजित कार्यक्रममा कार्यक्रमका बिशेष अतिथीहरुले अगुवा चेपाङ महिला पैरवी मञ्चकी अध्यक्ष सजिना चेपाङ र वडाध्यक्ष कृष्ण बहादुर प्रजालाई उल्लेखित माक्स,सेनिटाइजर र साबुन हस्तान्तरण गरेका थिए । सो अबसरमा वडाध्यक्ष कृष्ण बहादुर प्रजाले कोरोना संक्रमणबाट वडाबासीलाई जोगाउन तत्कालका लागि खाद्यान्न भन्दा पनि सुरक्षाका सामाग्री आवश्यक रहेकाले डेक नेपालसंग माक्स,सेनिटाइजर र साबुन माग गरिएको बताए । हस्तान्तरण कार्यक्रममा वडा नं १० का वडाध्यक्ष दिलबहादुर गुरुङ,राष्ट्रिय लोक भजन चुड्का प्रतिष्ठान चितवनका अध्यक्ष टीकाराम लामिछाने,टेकमाइन्स नेटवर्कका सञ्चालक यमन भूषाल,राष्ट्रिय प्राथमिक विद्यालय मझवाङका दिवलाल चेपाङ लगायतको सहभागिता रहेको थियो ।

सो परियोजनाले चितवनको इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकाका चेपाङको जीविकोपार्जन,अधिकार र उत्तरदायित्वको क्षेत्रमा काम गरिरहेको छ । अण्डेफको आर्थिक सहयोगमा डेक नेपालले चेपाङ समुदायलाई सो सामाग्री सहयोग गरेको हो । यस अघि सो परियोजनाले कोरोना संक्रमणको चपेटमा परेका इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकाका सीमान्कृत चेपाङ समुदायलाई खाद्यान्न वितरण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार