आज जिल्ला भित्रका जेसीज शाखाहरु बीच हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ । जेसी किरण लामिछानेको संयोजनमा आयोजित हाजिरीजवाफ कार्यक्रममा सौराहा जेसिज र गीतानगर जेसिजले तृतीय स्थान, नारायणगढ जेसिजले दितिय स्थान र पर्सा खैरहनी जेसिजले प्रथम स्थान हासिल गरेको छ । बिजेता हरुले कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेशका प्रदेश साम्सद कृष्ण प्रसाद खनालको हातबाट शिल्ड तथा प्रमाण पत्र प्राप्त गरेका छन् ।

जेसिज सप्ताह अन्तर्गत बिगत एक साता देखि विविध कार्यक्रम आयोजना भएको थियो । गत असार २१ गते सप्ताहको पहिलोदिन जेसी उपेन्द्र आचार्यको संयोजनमा गुरु पुर्णिमा को अवसरमा गुरु सम्मान कार्यक्रम, असार २२ गते जेसी सबिन रेग्मीको संयोजनमा सानो घरमा रहेका असहाय बालबालिकाका लागि खाद्यान्न वितरण कार्यक्रम, असार २३ गते जेसी रामु आचार्यको संयोजनमा बृद्धबृद्धासँग जेसीज भन्ने नाराका साथ रत्ननगर १० स्थित श्रीकृष्ण प्रणामी मन्दिरमा आश्रित बृद्धबृद्धाहरुलाई फलफुल वितरण कार्यक्रम, असार २४ गते जेसी सुमन पौडेलको संयोजनमा रगतको अभावलाई मध्यनजर गरी रक्तदान कार्यक्रम, असार २५ गते जेसी हरिकुमार श्रेष्ठको संयोजनमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब समुदायका १२० जना विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग कार्यक्रम, असार २६ गते जेसी सुरेश जंग पाण्डेको संयोजनमा कोरोनाका कारण शिक्षा क्षेत्रमा परेको असर र अबको बाटोका विषयमा अनलाईन अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । जेसी बाबुराम परियारको मूल संयोजनमा जेसिज सप्ताह समापन भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी खनालले जेसिज बाट आफु प्रभावित भएको बताउदै मुलुकको अवको नेतृत्व जेसिजका सदस्यले हाक्नु पर्ने समेत बताउनुभएको छ । कार्यक्रममा अतिथीको रुपमा नेपाल जेसिजका उपाध्यक्ष द्वय जेसी शिव प्रसाद भुषाल र जेसी कृष्ण सापकोटा, रत्ननगर जेसिजका पुर्व अध्यक्षहरु जेसी पुरुषोत्तम रिजाल, जेसी पुष्प जोशी, जेसी निरन्जन श्रेष्ठ, जेसी बुद्धराम जोशी, जेसी भाईकाजि पन्त शिशिर, जेसी योगेश अधिकारी, जेसी बिश्वाश श्रेष्ठ, जेसी उमेश गिरि, जेसी सुरेशचन्द्र आचार्य, जेसी दिपेन्द्र शर्मा, जेसी सुवाष पोख्रेल, रत्ननगर जुनियर जेसिजका अध्यक्ष जु जेसि बिदुर खनाल, जुनियर जेसिजका राष्ट्रिय संयोजक जु जेसि आरोग्य श्रेष्ठ, जुनियर जेसिज क्षेत्र ख संयोजक जु जेसि पवन रैला लगाएतको उपस्थिती थियो । हाजिरीजवाफ कार्यक्रम रत्ननगर जेसिजका पुर्व अध्यक्ष जेसी बिश्वाश श्रेष्ठले संचालन गर्नुभएको थियो भने मूल समापन समारोह रत्ननगर जेसिज बर्ष २०२० का महासचिव जेसी अमित गुप्ताले संचालन गर्नुभएको थियो । कार्यक्रम रत्ननगर जेसिज बर्ष २०२० का अध्यक्ष प्रदिप अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार