चितवन २५ असार । रत्ननगर जेसीजको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत विहीवार विद्यार्थीहरुलाई स्टेशनरी वितरण गरिएको छ । रत्ननगर १२ शालधारीमा रहेको पञ्चदिप आधारभूत विद्यालयमा अध्ययन गर्ने विपन्न समुदायका १८० जना विद्यार्थीलाई कपी सहयोग गरेको कार्यक्रम संयोजक हरिकुमार श्रेष्ठले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष विरबहादुर पाख्रिन र रत्ननगर जेसीजका अध्यक्ष प्रदिप अधिकारीले विद्यालयकी प्रधानाध्यापक शर्मिला भट्टलाई स्टेशनरी हस्तान्तरण गरेका थिए । कार्यक्रममा रत्ननगर जेसीजका पूर्व अध्यक्ष सुरेशचन्द्र आचार्य,शिक्षक डा.बसन्त अधिकारी,समाजसेवी श्याम बराल लगायतले मन्तव्य राखेका थिए । जेसीज सप्ताह अन्तर्गत भोली शुक्रवार कोरोना भाइरसले शिक्षा क्षेत्रमा पारेको प्रभाव र सामधानको बाटो विषयमा अनलाईन अन्र्तक्रिया कार्यक्रम हुने सप्ताहका संयोजक बाबुराम परियारले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार