रत्ननगर जेसिजले संचालन गरिरहेको जेसिज सप्ताह अन्तर्गत आज रत्ननगरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रत्ननगर स्थित टांडी रत्ननगर पोलिक्लिनिकको प्रांगढ़मा संचालन गरिएको रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेको कार्यक्रमका संयोजक जेसी सुमन पौडेलले जानकारी दिए । लामो समयको लकडाउनका कारण भएको रगतको अभावलाई केहि हद सम्म भए पनि सहज बनाउन कार्यक्रमलाई जेसिज सप्ताहमा समेटिएको कार्यक्रमका सभापति समेत रहेका रत्ननगर जेसिज बर्ष २०२० का अध्यक्ष प्रदिप अधिकारी बताउछन ।
रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा जेसिजका पुर्व तथा बर्तमान पधाधिकारी तथा रक्तदाताहरुको उपस्थिति थियो । रक्तदान कार्यक्रम सम्पन्न भए लगत्तै सानो घरमा आश्रित बालबालिकाहरुको लागि जुस, फलफुल, चना तथा अण्डा वितरण गरिएको थियो ।
सप्ताह अन्तर्गत असार २५ गते सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिव समुदायका १ सय २० जना विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग,२६ गते कोरोनाका कारण शिक्षा क्षेत्रमा परेको असर र अबको बाटोका विषयमा अनलाईन अन्तक्र्रिया कार्यक्रम र असार २७ गते जिल्ला भित्रका जेसीज शाखाहरु बीच हाजिरिजवाफ प्रतियोगिता आयोजना गरिएको मुल संयोजक बाबु परियारले जानकारी दिए ।






