चितवन : रत्ननगर जेसिजको जेसिज साप्ताह व्यापी कार्यक्रम जारी रहेको छ । साप्ताहको तेश्रो दिन आज रत्ननगर जेसीज पूर्वी चितवनको टिकौलीमा रहेको कृष्णमन्दीर स्थित वृद्धाश्रममा वृद्ध बृद्धासगँ जेसीज कार्यक्रम सम्पन्न गरिएको कार्यक्रम संयोजक रामु आचार्यले जानकारी दिए ।
सो अवसरमा जेसिजका पदाधीकारीहरुले वृद्ध बृद्धाहरुको अनुभव सुन्दै कुराकानी गरेका थिए । भने आश्रममा आश्रित १० जनालई निशुल्क स्वास्थ्य परिक्षण, पौष्टिक आहार र फलफुल वितरण गरेको साप्ताह व्यापी कार्यक्रमका मुल संयोजक बाबु परियारले जानकारी दिए ।
रत्ननगर नगरपालिकाका वडा अध्यक्ष केशव आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जेसीजका युवाहरु आएर आश्रममा सहयोग गरेकोमा वृद्धबृद्धाहरुले खुसी व्यक्त गरेका थिए ।
कार्यक्रममा कृष्णमन्दिर व्यवस्थापन समितिकी अध्यक्ष महादेवी खतिवडा, जेसीजका उपाध्यक्ष सुमन पौडेल लगायतले बोलेका थिए ।
कार्यक्रम जेसीजका पूर्व अध्यक्ष सुवास पोख्ररेलको अध्यक्षतामा सम्पन्न भएको थियो । सप्ताह अन्तर्गत असार २४ गते रगतको अभावलाई मध्यनजर गरी रक्तदान कार्यक्रम, असार २५ गते सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिव समुदायका १ सय २० जना विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग,२६ गते कोरोनाका कारण शिक्षा क्षेत्रमा परेको असर र अबको बाटोका विषयमा अनलाईन अन्तक्र्रिया कार्यक्रम र असार २७ गते जिल्ला भित्रका जेसीज शाखाहरु बीच हाजिरिजवाफ प्रतियोगिता आयोजना गरिएको छ ।










