रत्ननगर । रत्ननगरमा रहेको सानो घरमा आश्रित असहाय वालिकाका लागि खाद्यान्न सहयोग गरिएको छ । जेसीज सप्तहा अन्र्तगत रत्ननगर जेसीजले वालिकाका लागि चिउरा,आलु,प्याज,विस्कुल,चाउचाउ,तेल,सहयोग गरेको हो । कार्यक्रम संयोजक सविन रेग्मी,सप्ताह संयोजक बाबुराम परियार र रत्ननगर जेसीजका अध्यक्ष प्रदिप अधिकारीले सानो घरकी सञ्चालिका विमला श्रेष्ठलाई खाद्यान्न हस्तान्तरण गरेका थिए । सो वालगृहमा २० जना असहाय वालिका आश्रित छन । सप्ताह अन्तर्गत असार २३ गते बृद्धबृद्धासंग जेसीज भन्ने नाराका साथ रत्ननगर १० स्थित श्रीकृष्ण प्रणामी मन्दिरमा आश्रित बृद्धबृद्धाहरुलाई फलफुल वितरण,असार २४ गते रगतको अभावलाई मध्यनजर गरी रक्तदान कार्यक्रम,असार २५ गते सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिव समुदायका १२० जना विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग,२६ गते कोरोनाका कारण शिक्षा क्षेत्रमा परेको असर र अबको बाटोका विषयमा अनलाईन अन्तक्र्रिया कार्यक्रम र असार २७ गते जिल्ला भित्रका जेसीज शाखाहरु बीच हाजिरिजवाफ प्रतियोगिता आयोजना गरिएको मिडिया संयोजक रामु आचार्यले जानकारी दिए ।

