जेसिज सप्ताह अन्तरगत आज पहिलोदिन गुरु पुर्णिमा को अवसरमा गुरु सम्मान कार्यक्रम सम्पन्न भएको छ । रत्ननगर जेसीजले शिक्षाकोे क्षेत्रमा योगदान दिएका रत्ननगरका दुई जनालाई आइतवार सम्मान गरेको हो । जेसीज सप्ताहको उद्घाटन कार्यक्रममा लामो समय शिक्षाको क्षेत्रमा योगदान दिएका अवकास प्राप्त शिक्षक रामचन्द्र अधिकारी र शिक्षाप्रेमी रामबाबु घिमिरेलाई सम्मान गरेको हो ।
अवकास प्राप्त शिक्षक रामचन्द्र अधिकारी अस्वस्थ भएका कारण कार्यक्रममा उपस्थित हुनुभएको थिएन , उहाको सम्मान उहाको जेष्ठ सुपुत्र शिवहरी अधिकारीले ग्रहण गर्नुभएको थियो । सम्मान कार्यक्रम रत्ननगर जेसिजका पुर्व अध्यक्ष सुरेश चन्द्र आचार्यले सन्चालन गर्नुभएको थियो
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भोली सोमबार सानो घरमा रहेका असहाय बालबालिकाका लागि खाद्यान्न वितरण, असार २३ गते बृद्धबृद्धासँग जेसीज भन्ने नाराका साथ रत्ननगर १० स्थित श्रीकृष्ण प्रणामी मन्दिरमा आश्रित बृद्धबृद्धाहरुलाई फलफुल वितरण, असार २४ गते रगतको अभावलाई मध्यनजर गरी रक्तदान कार्यक्रम, असार २५ गते सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब समुदायका १२० जना विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग, २६ गते कोरोनाका कारण शिक्षा क्षेत्रमा परेको असर र अबको बाटोका विषयमा अनलाईन अन्तक्र्रिया कार्यक्रम र असार २७ गते जिल्ला भित्रका जेसीज शाखाहरुबिच हाजिरीजवाफ प्रतियोगितासँगै सप्ताहको समापन गरिने मुल संयोजक जेसी बाबुराम परियारले जानकारी दिए ।
कार्यक्रममा रत्ननगर जेसिजका पुर्व अध्यक्षज्यु हरु, मातृ शाखा नारायणगढ जेसिजका अध्यक्षज्यु लगाएतको उपस्थिती थियो ।
रत्ननगर २ का वडाध्यक्ष तिलकराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल जेसीजका उपाध्यक्षहरु जेसी शिवप्रसाद भूषाल, जेसी कृष्णप्रसाद सापकोटा, सम्मानित व्यक्तित्व रामबाबु घिमिरेलगायतले मन्तव्य राखेका थिए । जेसी उपेन्द्र आचार्यले सम्योजन गर्नुभएको कार्यक्रम रत्ननगर जेसिज बर्ष २०२० का अध्यक्ष जेसी प्रदिप अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।




