रत्ननगर जेसिजले सन्चालन गरेको एक घर २ बिरुवा अभियान अन्तर्गत आज रत्ननगरको मिलिजुलि टोलमा बृक्षारोपण गरिएको छ । मिलिजुलि टोलका अध्यक्ष ज्ञानु प्रसाद पौडेलको उपस्थिति साथै रत्ननगर १ का जनप्रतिनिधि बाबुराम गौतमको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रम रत्ननगर जेसिजका वर्ष २०२० का अध्यक्ष जेसि प्रदिप अधिकारीको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रम जेसि बाबुराम परियारको सम्योजकत्वमा आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै रत्ननगर जेसिज वर्ष २०२० का अध्यक्ष जेसि प्रदिप अधिकारीले एक घर २ बिरुवा अभियान थप सशक्त बनाउदै अन्य सामाजिक कार्यमा रत्ननगर जेसिजले अग्रणि भुमिका निर्वाह गर्दै अघि बढ्ने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर